काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहित भ्यू टावर निर्माण गर्न दिने क्रममा भ्रष्टाचार भएको भन्ने अभियोगमा आज आयोगले मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेकामा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सौराहाका तत्कालीन…