आज प्रदेशसभामा मुख्यमन्त्री राजेन्द्र पाण्डे विश्वासको मत लिँदै
काठमाडौँ-बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । गत कात्तिक ११ गते संविधानको धारा १६८,उपधारा २ बमोजिम गठवन्धन सरकारको मुख्यमन्त्री नियुक्त भएका पाण्डेले विश्वासको मत लिन लागेका हुन् । संविधानअनुसार सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ । बैठकमा मुख्यमन्त्रीले…
सम्पत्ती न्यूज
२२ कार्तिक २०७८, सोमबार