काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक र प्रतिगामी भएको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित देशको समसामयिक विषयमा पार्टी अध्यक्षसँगको विद्धत् वर्ग अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले संविधानले अनुमति नदिएको पदमा पुगेको भन्दै वर्तमान सरकारको आलोचना गरे । असंवैधानिक सरकार, कुनै संविधानले नगर्नु भनेको ठाउँमा प्रधानन्यायाधीश (प्रधानमन्त्री) हुन मिल्दैन उनले भने। मानव अधिकार आयोगबाहेक…