सुनको मूल्य हाल सम्मकै उच्च, प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँ
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य करिब ७ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार ६ हजार ९ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो। मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ तोकिएको छ। यसअघि सोमबार सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार रुपैयाँका दरले भएको हो।…
सम्पत्ती न्यूज
९ बैशाख २०८२, मंगलवार