रास्वपा समर्थकले ओलीविरुद्ध नाराबाजी र झण्डा जलाएपछि एमालेको आपत्ति
काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी दाङले तुलसीपुर क्षेत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिएको र पार्टीको झण्डा जलाइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । बिहीबार राति तुलसीपुर बजारमा रास्वपा कार्यकर्ताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै पार्टीको प्रतीकात्मक झण्डा जलाएका थिए। यसलाई एमालेले ‘आस्था र भावनामाथिको प्रहार’का रूपमा व्याख्या गरेको छ। एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यले…
सम्पत्ती न्यूज
८ फाल्गुन २०८२, शुक्रबार