४० यात्रु बोकेको बस मस्याङ्दी नदीमा खस्यो
काठमाडौं । करिव ४० जना यात्रु बोकेको बस तनहुँको आबु खैरनी स्थित मस्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी बस खसेको खबर आएको तनहुँका एसपी वीरेन्द्र शाहीले बताएका छन् । इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर घटनास्थलमा पुगेका छन् । एसपी शाहीले भने, ‘म घटनास्थलमा जाँदै छु, सेना र सशस्त्रलाई खबर गरिएको छ ।’…
सम्पत्ती न्यूज
७ भाद्र २०८१, शुक्रबार