बाढीपहिरो प्रभावितलाई तत्काल अस्थायी घरको व्यवस्था सरकारले गर्ने
काठमाडौँ। सरकारले हालैको बाढी पहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले यस्तो जानकारी गराएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औं बैठकले यस्तो निर्णय गरेको हो । सरकारले बाढीपहिरो प्रभावितलाई तत्काल राहत रकम पनि उपलब्ध गराउने भएको छ…
सम्पत्ती न्यूज
२१ आश्विन २०८२, मंगलवार