काठमाडौं । काठमाडौंको कालोपुलमा गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलेको छ । गुठी संस्थानअन्तर्गत काठमाडौं उपत्यकासहित देशभर रहेको सयौं रोपनी सार्वजनिक जग्गा अतिक्रमणमा परेको पाइएको छ । काठमाडौं महानगरपालिका र गुठी संस्थानको समन्वयमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको हो । गुठी संस्थानका प्रवक्ता हरि प्रसाद सुवेदीका अनुसार धेरै पहिलादेखि नै त्यहाँको गुठीको जग्गा अतिक्रमण गरेर…