राष्ट्रिय सभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृत नियुक्त
काठमाडौँ । राष्ट्रिय सभाको चुनावको लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले पुस १६ गतेदेखि लागु हुने गरी राष्ट्रिय सभा निर्वाचनको लागि ७ जना जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि निर्वाचन आयोगले आवश्यक तयारीसंगै निर्वाचन अधिकृत समेत नियुक्त गरिएको छ। …
सम्पत्ती न्यूज
१२ पुष २०८०, बिहीबार