माधव नेपाल अध्यक्ष र घनश्याम भुसाल महासचिवमा सर्वसम्मत चयन
काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी १० औं महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत चयन गरेको छ । यस्तै महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका हुन् । सम्मानित नेतामा झलनाथ खनाल यसअघिनै सर्वसम्मत भएका हुन् । कमलादीस्थित प्रज्ञा भवनमा जारी निर्वाचन कार्यक्रमका क्रममा तीन जना सर्वसम्मत भएको घोषणा गरिएको हो ।
सम्पत्ती न्यूज
२१ असार २०८१, बिहीबार