१४ लाख भन्दा बढी रकमसहित जुवाडे पक्राउ
काठमाडौँ। प्रहरीले १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई पक्राउ गरेको छ ।सोलुखुम्बु जिल्लाको सोताङबाट जुवा खेलिरहेको अवस्था उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो। सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा रु १४ लाख ६५ हजार नगदसहित मङ्गलबार पक्राउ गरिएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बूले…
सम्पत्ती न्यूज
१४ श्रावण २०७७, बुधबार