नेपाल बैंकको सञ्चालकमा अर्थका सहसचिव महेश भट्टराई नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा अर्थ मन्त्रालयका सहसचिव श्री महेश भट्टराई नियुक्त भएका छन्। बैंकमा यसअघि नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक थान प्रसाद पंज्ञानीको स्थानमा भट्टराईलाई नियुक्त गरिएको हो। सञ्चालक समितिमा नियुक्त भएका भट्टराईले असोज २२ गते सञ्चालक समितिका अध्यक्षबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेको कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिएका छन्।
सम्पत्ती न्यूज
२३ आश्विन २०८२, बिहीबार