त्रिवि सेवा आयोगले माग्यो ७ सय बढी कर्मचारी
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले ७ सय जनाभन्दा बढी कर्मचारीका लागि आवेदन माग गरेको छ। आयोगले मंगलबार सूचना जारी गर्दै विभिन्न पदमा ७ सय जनाभन्दा बढी कर्मचारी माग गरेको हो। आयोगले शाखा अधिकृतदेखि कार्यालय सहायकसम्मको पदका लागि आवेदन खुलाएको हो । आयोगले प्राविधिक र अप्राविधिक दुवै पदका लागि विज्ञापन खुला गरेको छ ।
सम्पत्ती न्यूज
६ फाल्गुन २०८१, मंगलवार