काठमाडौँ । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ४:११ बजे कास्की केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । बिहान ४ बजेर ११ मिनेटमा कास्कीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का महसुस कास्की र आसपासका जिल्लामा गरिएको थियो । भूकम्पले क्षति पुर्याए/नपुर्याएको विवरण…