काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको कलंकीस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र राजधानी लेखापढी सेवाका लेखापढी काम गर्ने नेत्रबहादुर पोखरेलविरुद्ध मुद्दा दायर गरेको छ । जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको अवस्थामा उनीहरूलाई अख्तियारले रंगेहात पक्राउ गरेको थियो । आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा उनीहरुविरुद्ध बिगो बमोजिमको…