काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुकुम्बासीका समस्यामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्ने घोषणा गरेका छन् । आइतबार काठमाडौँको मनोहरास्थित सुकुम्बासी बस्तीमा पुगेका उनले मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने बताएका हुन् । सुकुम्बासीबस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदै गर्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा देखा परेका हुन्। उनले त्यहाँ भेला भएका सुकुम्बासीहरूलाई सम्बोधन गर्दै काठमाडौं…