कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्छ : शेखर कोइराला
मकवानपुर । कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डको विकल्प खोज्ने वेला आएको बताएका छन्। पार्टीका संस्थापक नेता बिपी कोइरालालको ११०औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन हेटौँडा आइपुगेका नेता कोइरालाले पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्नुपर्ने वेला आएको बताएका हुन्। नेता कोइरालाले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरू देशलाई द्वन्द्वमा लाने खालको भएको आरोपसमेत लगाए। उनले प्रधानमन्त्री दाहाल अराजक हुँदै…
सम्पत्ती न्यूज
२४ भाद्र २०८०, आईतवार