काठमाडौँ। सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न सुरु गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौँले सोमबार २५ रुग्ण ठेक्का तोडिएको सर्वजनिक सूचना जारी गरेको छ । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८०मा सम्झौता भएका छन् । कार्यालय अन्तर्गत संचालित काठमाडौँका विभिन्न सडक निर्माण तथा मर्मतको लागि निर्माण व्यवसायीहरूसँग विभिन्न मितिमा…