कोरोना संक्रमण बढ्दो, हप्तादिन यताकै उच्च
काठमाडौं । नेपालमा मंगलबार थप ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा मन्त्रालयका प्रवक्ताले आज ३ सय ११ जनामा कोरोना पुष्टि भएको जानकारी गराएका हुन्। यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ।
सम्पत्ती न्यूज
१३ श्रावण २०७७, मंगलवार