नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त
काठमाडौं । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कायममुकायम प्रधानसेनापतिको काम गर्दै आएका सिग्देललाई बुधबार प्रधानसेनापतिमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा बुधबार जारी विज्ञप्तिमा उनको नियुक्ति भदौ २५ गतेबाट लागु हुने उल्लेख छ । हालका प्रधानसेनापति प्रभुराम शर्माले २४ भदौमा अनिवार्य शवकाश लिएपछि सिग्देलले प्रधानसेनापतिको पदभार ग्रहण गर्नेछन् ।…
सम्पत्ती न्यूज
१२ भाद्र २०८१, बुधबार