एमाले केन्द्रीय सदस्य महर पक्राउ
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन्। उनको अहिले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान भइरहेको साइबर ब्युरोले जानकारी दिए। साइबर अपराधसम्बन्धी उजुरीका आधारमा बुधबार जिल्ला अदालत काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । साइबर ब्युरो, भोटाहिटीमा महरविरुद्ध चरित्रहत्या र गाली–बेइज्जतीसम्बन्धी उजुरी परेको थियो । सोही उजुरी हुलाकमार्फत दर्ता भएपछि अनुसन्धान…
सम्पत्ती न्यूज
११ भाद्र २०८२, बुधबार