एमालेले बोलायो सचिवालय बैठक
काठमाडौँ। नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी सचिवालय बैठक बोलाएका हुन् । बैठकमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्ने कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुदैछ । त्यसबाहेक सचिवालय बैठकमा…
सम्पत्ती न्यूज
४ मंसिर २०८२, बुधबार