पछिल्लो २४ घण्टामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरि पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेहरूको जानकारी गराएका हुन्। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५ सय ५१ पुगेको छ। यस्तै देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् ।…
सम्पत्ती न्यूज
३० श्रावण २०७७, शुक्रबार