काठमाडौं। आज अाइतबार प्रतिनिधि सभाको बैठक बस्दै छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक भएको छ। आज बस्ने बैठकका लागि तीनवटा सम्भावित कार्यसूची तय गरिएको छ। आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै उपप्रधानमन्त्री पौडेलले नै ‘निजीकरण…