इलाममा पनि देखियो पहिलो कोरोना संक्रमण
काठमाडौं । इलाम जिल्लामा पनि आज पहिलो एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म इलाममा संक्रमण देखिएको थिएन । कोशी अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा इलाममा एक जनामा कोरोना पोजेटिभ देखिएको हो । इलाममा पनि संक्रमण देखिएपछि नेपालमा संक्रमण देखिएको जिल्ला ७२ पुगेको छ ।हालसम्म नेपालमा ओखलढुंगा, मनाङ, मुस्ताङ, रुकुम पश्चिम र रसुवा जिल्लामा कोरोना संक्रमण देखिएको छैन…
सम्पत्ती न्यूज
२७ जेष्ठ २०७७, मंगलवार