माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा
काठमाडौं । नेकपा माओवादी केन्द्रले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ । मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको छलफलपछि माओवादी केन्द्रका सांसद माधव सापकोटाले समिति सभापति खतिवडाको राजीनामा मागेका हुन् । सहमति विपरीत ‘कुलिङ अफ पिरियड’ राखेर संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित गराएको रहस्योद्घाटन भए पछि माओवादी केन्द्रले सभापति खतिवडाको राजीनामा माग गरेको हो ।…
सम्पत्ती न्यूज
१७ असार २०८२, मंगलवार