ओडिशा घटनामा नेपाली छात्राको मृत्यु र निकालिएका नेपाली विद्यार्थीका बारेमा बुझ्दै छौँ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नेपाली विद्यार्थीको मृत्युबारे सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया…
सम्पत्ती न्यूज
५ फाल्गुन २०८१, सोमबार