मधेश प्रदेश सांसद सिहंसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौँ। अख्यिार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रदेश संसदीय विकास कोषको रकम दुरुपयोग गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सांसद कुशवाहासहित धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुनाप्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवी,…
सम्पत्ती न्यूज
३० आश्विन २०८२, बिहीबार