कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा
काठमाडौँ-प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँण सुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा यहाँ आइपुग्नुभएको छ । मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनःनिर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तक्रियासमेत गर्नुहुने छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म ती जिल्लामा भएका बाढीपहिराको घटनामा परी ठूलो जनधनको क्षति भएको थियो ।…
सम्पत्ती न्यूज
१७ कार्तिक २०७८, बुधबार