प्रधानमन्त्रीलाई राप्रपाले विश्वासको मत नदिने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । संविधान संसोधनको मुद्दामा सघाउन भने राप्रपा तयार रहेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । सत्ता टिकाउन आफुहरुको मत आवश्यक नभएको भन्दै सरकाका पछिल्ला गतिविधिहरूले आशंका गर्ने धेरै ठाउँ देखाएको लिङ्देनले बताए । राप्रपाले सरकारका कामकारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने उनको भनाइ छ ।
सम्पत्ती न्यूज
५ श्रावण २०८१, शनिबार