बिहीबार उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण
काठमाडौँ । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ। उपत्यकामा बितेको २४ घण्टामा थप ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो। संक्रमितहरूमा भक्तपुरका २, काठमाडौँका ५ र ललितपुरका २ जना रहेका छन्। बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज उपत्यकाका ९ सहित १ सय ४७ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए।
सम्पत्ती न्यूज
८ श्रावण २०७७, बिहीबार