काठमाडौँ । बागमती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत र पुनः स्थापनाका लागि रू एक करोड ५० लाख सहयोग उपलब्ध गराउने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै नागरिक समाज, विभिन्न गैरसरकारी संस्थालाई विपद्को घडीमा आवश्यक सहयोग गर्नसमेत आग्रह गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, “यस विपद्को घडीमा बागमती प्रदेश सरकार…