सुनचाँदीको मूल्यमा वृद्धि
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ…
सम्पत्ती न्यूज
१५ माघ २०८०, सोमबार