काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले उमेर हदका कारण पदबाट अवकाश लिएकी छन्। उनको अवकाश बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो । गुरागाईं २०७८ माघदेखि स्वास्थ्य मन्त्रालयमा सचिव थिइन्। २०५१ सालमा प्राविधिक सहायकबाट जागिर सुरु गरेकी उनी २०५४ सालमा अधिकृत, २०६५ सालमा उपसचिव र त्यसपछि ११ महिनामै सहसचिव भएर काम गरेकी थिइन् ।
सम्पत्ती न्यूज
२५ फाल्गुन २०८०, शुक्रबार