अख्तियारको प्रवक्तामा भण्डारी
काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव श्याम प्रसाद भण्डारीलाई दिईएको छ । यसअघि आयोगको प्रवक्तामा नारायणप्रसाद रहेका थिए । नारायणप्रसादको जिम्मेवारी श्याम प्रसादलाई दिएर प्रवक्ता परिवर्तन गरिएको हो । अख्तियारले सहसचिव श्याम प्रसाद भण्डारीलाई आजैदेखि लागू हुनेगरी प्रवक्ता तोकेको हो ।
सम्पत्ती न्यूज
३ फाल्गुन २०७८, मंगलवार