काठमाडौँ । धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखा अधिकृत सुमन कुमार पुरीसहित तिन जनाविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको…