सर्वोच्च बाहिर राजावादीको मोटरसाइकल र्यालीसहित प्रदर्शन काठमाडौं-सर्वोच्च अदालतबाहिर आज राजावादीहरूले मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेका छन् । सर्वोच्चको मूल गेटभित्र कानुन व्यवसायीहरू धर्नामा बसिरहँदा बाहिर उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले ‘नागरिकको न्याय रोक्न पाइँदैन’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । मोटरसाइकल र्यालीमा प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई लखेटेको छ । सर्वोच्चबाहिर प्रदर्शनमा उत्रिएका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।…