समाजवादी मोर्चा आज घोषणा नहुने
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुले बनाउने भनेको समाजवादी मोर्चा आज घोषणा नहुने भएको छ । आन्तरिक तयारी नपुगेको भन्दै आज मोर्चा गठनको घोषणा नहुने भएको हो । यसअघि नेताहरुले आज असार १ गते मोर्चा गठनको घोषणा हुने बताएका थिए । यहीबीचमा आज बसेको नेकपा एकीकृत समाजवादी सचिवालय बैठकले चाँडोभन्दा चाँडो मोर्चा घोषणाको पहल गर्ने निर्णय गरेको छ ।…
सम्पत्ती न्यूज
१ असार २०८०, शुक्रबार