पछिल्लो १ हप्तामा कोरोनाले विदेशमा थप १ नेपालीको मृत्यु
काठमाडौँ । पछिल्लो एक हप्तामा विदेशमा विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट थप एक नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले बेलायतमा थप एकजना नेपालीको निधन भएको जानकारी गराएको हो। स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १ सय ६१ नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ। समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१…
सम्पत्ती न्यूज
११ श्रावण २०७७, आईतवार