गठबन्धन टुट्नुमा काँग्रेस दोषी छैन: प्रकाशशरण महत
काठमाडौँ । काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन काँग्रेसले कोसिस गरे पनि सफल नभएको बताएका छन्। केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै आज प्रवक्ता महतले गठबन्धन छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गएको बताए। प्रचण्डले गठबन्धन छाडेर जानुभयो जुन निर्वाचन दौरान गरिएका प्रतिबद्धता विपरीत थियो,’ महतले भने, ‘किन प्रचण्डले गठबन्धनलाई टुट्न दिनुभयो भन्नेबारे विश्लेषण हुँदै जालान्।…
सम्पत्ती न्यूज
२० पुष २०७९, बुधबार