विशेष अदालतमा माधव नेपालको थुनछेक बहस जारी
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको थुनछेक बहस सुरु भएको छ । निकै चासोका साथ हेरिएको यो मुद्दाको बहस विशेष अदालत प्रांगणमा प्रत्यक्ष सुन्न र हेर्न मिल्ने व्यवस्था गरिएको छ । विशेष अदालत परिसरमा मानिसहरूको चहलपहल अरु दिनभन्दा धेरै देखिएको छ। विशेष अदालतमा उपस्थित भएका अध्यक्ष नेपालको बयान सकिएलगत्तै केहीबेरबाट थुनछेक बहस सुरु भएको हो…
सम्पत्ती न्यूज
११ असार २०८२, बुधबार