सेयर बजारमा ओरालो यात्रा रोकिएन, कारोबार रकम भने बढ्यो
काठमाडौं । बुधबार सेयर बजार १३.५२ अंक घटेको छ । योसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो । यो साता आइतबारदेखि बजार निरन्तर ओरालो लागेको छ । आज १३ अंक घटेसँगै नेप्से २६३१ अंकमा झरेको छ । बजार घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब २३ करोडको भयो…
सम्पत्ती न्यूज
१८ मंसिर २०८२, बुधबार