प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोर्याउन लागेः शंकर पोखरेल
सुर्खेत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोर्याउन अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार (आज) सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् । ‘माओवादी अध्यक्ष प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्याउने काम भइरहेको छ,’ उनले भने,…
सम्पत्ती न्यूज
२० भाद्र २०८१, बिहीबार