कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । दिउसो ३ बजे नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्दै छ । यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
सम्पत्ती न्यूज
२३ असार २०८१, शनिबार