काठमाडौं । सोमबार सेयर बजारमा कारोबार रकमसँगै परिसूचक नेप्से पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.८० अंक घटेर २५६० मा कायम भएको छ । कारोबारको सुरुवातीमा ११ : ३७ बजे नेप्से अधिकतम २५७६ सम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार २ : ३१ बजे न्यूनतम २५४४ अंकसम्म झर्यो । साढे १ बजेपछि मात्रै बजार केही सम्हालिएको…