काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले नेतृत्वको सरकारका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको बताएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई आइतबार भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदै गर्दा संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुनु पर्ने कारणले केही दिनका लागि अभियान स्थगित…