काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा जारी प्याब्सनको १६औं राष्ट्रिय महाधिवेशनले अधिकारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । प्याब्सनको अध्यक्षमा टीका पुरीले पुनः दोहोरिने आकांक्षा राखेका थिए । उनलाई जिताउन नेकपा एमालेले आन्तरिक सर्कुलर नै गरेको थियो । तर विवाद बढेपछि पुरी पछि हटेका थिए । स्याङ्जाका…