काठमाडौं । काठमाडौं महानगरले तोकेको जरिवाना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुझाएको छ । राप्रपाले आज महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको हो । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो । उक्त जरिवाना वापतको रकम राप्रपाले महानगरलाई सोमबार बुझाएको हो । संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले…