मधेश प्रदेश : मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दोस्रो पटक विश्वासको मत पाएका छन् । शनिवार बसेको प्रदेशसभा बैठकमा १०१ जना सांसदमध्ये ६७ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन् । ३४ जना सांसदले भने उनको विपक्षमा मतदान गरे । संविधानको धारा १६८ (४)अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तत्कालीन मुख्यमन्त्री सरोज यादवले…
सम्पत्ती न्यूज
२३ असार २०८१, शनिबार