काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई लिएर राष्ट्रिय सभामा चर्को आलोचना भएको छ । सांसदहरूले राजवादी गतिविधिमा आपत्ति जनाउदै नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले प्राप्त उपलब्धीको रक्षार्थ सबै परिवर्तनकारी शक्ति एक हुन आवश्यक रहेको बताइन् । संघीय लोकतान्त्रिक गणतन्त्र लामो संघर्ष गरेर प्राप्त भएको ख्याल गर्न र यसअनुसारको…